हेटौँडा,३० असार ।
निर्मला हत्या प्रकणमा जिल्ला अदालत कञ्चनपुरले एक घण्टा कैद र एक सय रुपैया जरिवाना तोकेपछि पत्रकार खेम भण्डारीले आफु फाँसी भोग्न तयार तर स्टाटस डिलिट नगर्ने भन्दै सामजिक सञ्जालमा पोष्ट गरेका छन् ।
उनलाई अदालतले माफी नमागे उक्त सजाय भोग्नु पर्ने फैसाला गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

हेरौ उनको प्रतिक्रिया

कन्चनपुर बारले अदालतको अपहेलना भन्दै मेरा बिरुद्ध हालेको मुद्दामा फैसला आएको सुने । फैसलामा मलाइ 3 दिनको म्याद दिई आत्मालोचना नगरे 1 घण्टा कैद र 1 रुपैयाँ जरिवाना गर्ने भनिएको सामाजिक सन्जालबाट थाहा पाए । यस बारेमा मेरो भन्नू यस्तो छ ,
1- अदालतको निर्णयको सम्मान गर्छु ।
2- जिल्ला अदालतको निर्णय अन्यायी भयो भन्ने मलाइ लागेको छ । मैले मेरो पुनरावेदन गर्न पाउने अधिकार प्रयोग गर्नै पर्ने बाध्यत्मक अवस्था आयो ।
3- बरू फाँसी भोग्छु, यस प्रकरणमा माफी माग्ने कुनै सम्भावना छैन ।
4- जिन्दगी मेटाउन सक्छु तर मैले एक पटक अपलोड गरेको स्टाटस न कहिल्यै मेटे, न मेट्ने छु ।

र, मेरो यो धारणामा अहिले पनि कायम छु,
1- कन्चन्पुर बार निर्मला हत्याकाण्ड मा मेरो भूमिका बिरुद्द छ ।
2- एमिकस क्युरिमा घुसपैठ गराएर अदालतलाइ गुमराह गर्नकै लागि जिल्ला बारले अभियुक्त डिल्लिराज बिस्टका सहोदर हरेन्द्रराज बिस्टलाई मनोनयन गरिएको हो ।
3- उच्च अदालतबाट एमिकस क्युरीमा पठाइएका थानेस्वर प्रसाद भट्टले एमिकस क्युरीको मर्यादाबिपरित बिगतका आफ्नै धारणा बिरुद्ध पुलिसको पक्ष लिएर एमिकस्क्युरी कै बदनामी गरेका हुन । र उनले समाजको अपेक्षा बिपरीतको काम गरेका हुन ।
4- निर्मला हत्याकाण्डलाई सिथिल पार्न सुरूमा “घामजत्तिको उज्यालो” भन्नेहरू पछि पैसामा बिकेकै हुन।
र, मेरो प्रण
अदालतको सधै सम्मान गर्ने छु । तर, कालोकोट धारण गरेर अपराधको संरक्षण गर्न पल्केका हरू बिरुद्ध सधै सङ्घ,गरिरहने छु ।

यस्तो छ अदालतको फैसला

जिल्ला बार इकाई र उच्च अदालत बार इकाईका पदाधिकारीहरुले दायर गरेको मुद्धामा जिल्ला न्यायाधिस राजेन्द्र आचार्यको एकल इजलाशले यस्तो फैसला सुनाएको हो । अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाँय तत्कालका लागि भने स्थगन गरेको छ। त्यसका लागि अदालतले केही सर्त राखेको छ।

जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ। पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्तहरु पूरा नगरेको खण्डमा एक घण्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

अब पत्रकार भण्डारीले तिनदिनभित्र अदालतसमक्ष मागेको माफीसहित आत्मआलोचना पत्रिका छाप्नुपर्नेछ । साथै उनलाई तीनदिनभित्र मानहानी हुने गरी फेसबुकमा पोस्ट गरेका स्टाटस डिलिट गर्नुपर्नेछ ।

यो नगरेको खण्डमा पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ अन्र्तगत एक घण्टाको जेल सजाय र एक रुपैयाँ जरिवाना हुने जनाइएको छ ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।