असार ३०- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना सांसदको पाँच दिनको तलब बाढीपीडितलाई दिने निर्णय गरेको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै सांसदको पाँच दिनको तलब पीडितको राहतका लागि खर्च गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कांग्रेसले पीडितको उद्दार र राहतमा गम्भीरतापूर्वक लाग्न आग्रह गरेको छ । यस्तै, सरकारले दिने राहतमा कांग्रेसले अनुगमन गर्ने जनाएको छ । मुलुक दुःखमा परेको भन्दै जारी केन्द्रीय समिति बैठक पनि कांग्रेसले साउन ७ गतेसम्म स्थगित गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।