अदुवा एउटा मसला बाली हो । यसले तरकारी स्वादिलो बनाउनुका साथै स्वास्थ्यमा पनि उत्तिकै फार्इदा पुर्‍याउँछ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं । अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।

जानौँ अदुवाको ५ अचुक फाइदा

१. अदुवाले सर्दी र खसखस मेटाउँछ । अदुवाको रसमा मह मिसाएर पिउँदा आराम महसुस हुन्छ । त्यस्तै रूघाले नाक बन्द भएको अवस्थामा पनि अदुवाको चिया बनाएर पिउँदा केही दिनमै ठिक हुन्छ ।

२. दमका बिरामीलार्इ पनि अदुवाको रसमा मेथीको धुलो र मह मिसाइ खादा केही दिनमै आराम हुन्छ । कब्जियतका समस्याहुनेहरूले पनि अदुवाको जुस पिउँदा कब्जियत हटेर जान्छ साथै पाचन प्रणाली पनि मजबुद बनाउँछ । बान्ता हुन खोजेमा अदुवाको रस मुखमा राखेर चुस्दा निकै आराम मिल्छ ।

३. जाडोको महिनामा धेरै मानिसलार्इ हाडजोर्नीको समस्याले सताउने गर्छ त्यसैले अदुवाको जुसमा मह मिसाएर दिनको एक पटक नियमित पिउँदा यो समस्या हट्छ ।

४. यदी तपार्इलार्इ कपाल झर्ने समस्या छ भने कपाल धुनु खघि अदुवाको लेप लगाउनुहोस यसो गर्नाले कपाल झर्न रोकिन्छ । साथै कपाल टुत्रिने समस्या हटेर लामो भएर आउँछ ।

५. दागधब्बाले तपार्इ तनावमा हुनुहुन्छ भने अदुवाको नियमित सेवनले तपार्इको सौन्दर्यता फर्केर आउने ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।