२६ असार । नेपाली समाजमा दिनानुदिन आ*परा*धिक घटनाले बिकराल रुप लिइरहेको छ । दिनहुँ ह*त्या र बलात्कारजस्तो ज*घन्य अ*पराध भइरहेको छ । यसैबीच कञ्चनपुरमा आफ्नै बाबुबाट एक १४ वर्षीया छोरी ब*लात्कृ*त भएको घटना सार्वजनिक भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिकाका ३९ वर्षीय बाबुले आफ्नै जेठी छोरीलाई ब*लात्का*र गरेका भिडियो कान्छी छोरीले देखेपछि घटना सार्वजनिक भएको हो ।

मंगलबार राति बाबुले जेठी छोरीलाई बलात्कार गर्दा बनाएकोे भिडियो कान्छी छोरीले मोबाइलमा देखेपछि आफूलाई बताएको आमाको भनाइ छ । उनले घटनाबारे छरछिमेकमा हल्ला चलेपछि छिमेकीले नै प्रहरीलाई खबर गरेको बताएकी छन् ।

घरमै छोरीको बलात्कार गरेको भन्ने जानकारी आएको पुनर्वास नगरपालिका–१ का वडा सदस्य पृथमसिंह रानाले बताएका छन् । उनले पशुवत व्यवहार गर्नेमाथि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन् ।

छोरीलाई ब*लात्का*र गरेको आरोप लागेका बाबुलाई प्रहरीले बुधबार राति नै प*क्राउ गरेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।