file photo

असार २६- धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा धरानबाट पक्राउ परेका छन् ।

उनलाई अख्त्यिारको टोलीले बिहीबार घुससहित रंगेहात पक्राउ गरेको हो।

उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। उनीसँगै डा। रामहरि रौनियार पनि पक्राउ परेका छन्। प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु दुईजना पक्राउ परेका हुन्। काठमाडौँबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।