हेटौँडा,२६असार ।
हेटौँडाको सडक विस्तारको समयमा निकै चर्चित रहेका तत्कालिन मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसिको हेटौँडामा चर्चा सुरु भएको छ । क्षेत्रीय प्रशासक रहेर २५ मिटर फराकिलो अभियानको नेतृत्व गरेका केसीको अपरझट सरुवा भएपछि सडक विस्तारको काम रोकिएको थियो ।
२०७३ माघमा सरुवा भएका केसिले हेटौँडाको सडक विस्तार अभियानलाई आफ्नो नेतृत्वमा लिएर काम सुरु गरेका थिए । मकवानपुर उद्योग वाणिज्य संघको विरोधको वावजुत पनि विभिन्न बैठकहरु सञ्चालन गर्ने, २५ मिटर विस्तारलाई सहज बनाउने काममा केसिको निरन्तर काम रहेको अवस्थामा उनको सरुवा भएको थियो ।

सरुवा पछि २०७३ माघ २० गते भएको पत्रकार सम्मेलनमा केसिले भनेका थिए ः उनले भने–‘मेरो सरुवा नियमित प्रक्रिया हो, यसले सडक विस्तारमा कुनै असर गर्दैन ।’ सडक विस्तारको काम सडक ऐन अन्तरगत भएको भन्दै यसलाई प्रशासकको सरुवाले कुनै असर गर्दैन, प्रक्रिया अघि बढिसकेकोले जो कोहि आएपनि रोकिदैन् ।

तर केसिको सरुवा भएपछि सडक विस्तार पनि सुस्ताएको छ ।  यस्को प्रतक्ष मारमा ब्यवसायी परेका छन भने घरधनीमा अझैपनि आतंक फैलिएको छ ।
फेरि पनि मकवानपुरमा २५ मिटर विस्तारको काम भैरहेको अवस्थामा खबरब्रेकले तत्कालिन क्षेत्रीय प्रशासक केसिसँग सम्पर्क गरेको छ । खबरब्रेकसँगको कुराकानीमा केसीले आफुले सडक विस्तारको विषयमा अहिले केहि पनि प्रतिक्रिया दिन नमिल्ने बताएका छन् । तर उनले हेटौँडाको समृद्धि चाहेको र सुन्दर हेटौँडा हेर्न चाहेको भने बताए ।

हाल राष्टपति कार्यालयमा रहेका केसीसँग खबरब्रेकले पुन सडक विस्तार नहुँदा राजधानी बनाउने विषयलाई असर पर्छ कि पर्दै भन्ने प्रश्न गर्दा उनले पुन यो राजनीतिक विषय भएकोले आफुले बोल्न नमिल्ने बताए । आफु जागीरे जीवनबाट अवकास भएपछि यो विषयमा खुलेर कुरा गर्ने समेत उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।