असार २६- नेपालकी प्रथम नायिका भुवन चन्द थापाले पहिलो पटक निर्माण गरेको फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमार्फत् फिल्मको मूल कथा प्रस्ट्याउन खोजिएको छ ।

फिल्म त्रिकोणात्मक प्रेमकथामा बनेको ट्रेलरबाट सजिलै अनुमान गर्न सकिन्छ ।

फिल्ममा नव(अभिनेता राजकुमार र अभिनेत्री नीता ढुंगानाको पनि प्रमुख भूमिका छ । मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

रमेश थापाको निर्देशनमा बनेको यो फिल्म ‘साइनो’ आउँदो साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

अभिमन्यू निरवी ले फिल्मको कथा तयार पारेका हुन् । निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताए । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् । उनी अभिनीत पछिल्लो फिल्म ुरोजु हो ।

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्म ‘साइनो’ रामेश्वर कार्कीले खिचेका हुन् । बनिश शाहको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्ममा रोशन विक्रम भट्टराईको द्वन्द्व रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।