हेटौँडा,२६ असार ।
जनवादी नेता रुपचन्द्र विष्टले उत्पादन गरेको थाहा दर्शनलाई उत्तरी मकवानपुरको थाहा नगरपालिकाले अब विद्यालय शिक्षामा समेत समावेश गर्ने भएको छ ।  थाहा नगरपालिकाको नगरसभावाट सो विषय पारित भएको हो ।

थाहा नगरपालिकामा जन्मेर नेपालभर जनवादको विषयमा वकालत गर्दै हिडेका विष्टले उत्पादन गरेको थाहा दर्शनबाटै नगरपालिकाको नाम समेत राखिएको हो ।
विद्यालय शिक्षामा रुपचन्द्र विष्टको दर्शनले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पार्ने भएको कारण आफुहरुले विद्यालय लेभलमा उक्त विषको लागि अध्ययनको स्विकृत दिएको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले खबरब्रेकलाई बताए ।

रुपचन्द्र विष्ट थाहाको मात्र नभएर नेपालभरकै जनविश्वास जितेका नेता भएको भन्दै उनको जीवनी तथा दर्शनलाई विद्यार्थीमाझ पुर्याउनुपर्ने आजको आवश्यक्ता रहेको बताए ।

विद्यालयमा अध्यापनको लागि कस्तो खाले विषयहरु, स्कुलका विद्यार्थीहरुको लागि कस्तो प्रकारले पाठ्यक्रम निर्धारण गर्ने भन्ने विषयमा चाँडैनै निर्णय हुने र काम सुरु भैहाल्ने समेत उनको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।