असार २६- समाज कल्याण परिषद् सदस्य सचिव राजेन्द्रकुमार पौडेलले स्थानीय तह प्रमुख र अध्यक्षलाई गैरसरकारी क्षेत्रबाट आउने कार्यक्रम आफ्नो हितअनुकल हुनेगरी स्वीकार्न आग्रह गरेका छन् ।

आड्रा नेपालद्वारा राजधानीमा बुधबार आयोजित ‘जिविकोपार्जन तथा सुशासन र बरदान परियोजना’ समापन अवसरमा उनले ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट आउने परियोजनामा स्थानीय प्राथमिकता पारेर काम गर्नसके समुदाय, स्थानीय तह र विकास साझेदार सबैको उद्देश्य प्राप्त हुने’ विश्वास व्यक्त गरे ।

सोही अवसरमा आफ्नो अनुभव सुनाउँदै प्युठान स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र रोकायाले विकास साझेदारमार्फत आफ्नो जिल्लामा उद्यमशीलता र महिला सशक्तिकरण क्षेत्रमा उल्लेख्य काम भएको दाबी गरे । गैरसरकारी संस्थाको कार्यक्रम बनाउँदा पालिकालाई संलग्न बनाए थप प्रभावकारी हुने उनको विश्वास छ ।

आड्रा नेपालले रोल्पा र प्युठानमा सञ्चालन गरेको उद्यमशीलता र जिविकोपार्जन परियोजनाबाट क्रमशः १७, २ र १३ जना प्रत्यक्ष लाभान्वित भएको जानकारी पनि उनले दिए । यसैगरी, काभ्रेमा सञ्चालन भएको विपद् व्यवस्थापन परियोजनाबाट पा“च हजार जना प्रत्यक्ष लाभान्वित भएको आड्राले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।