मदन पुरस्कार २०७५ का लागि सातवटा पुस्तक छनोट भएका छन् ।  मदन पुरस्कार गुठीले गठन गरेको ‘श्रेष्ठ सूची’ छनाेट समितिले सात पुस्तक छनोट गरेको हो ।

छनाेट भएका पुस्तकहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्‍कल दोक्‍कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ छन् ।

छनोटमा परेका यी पुस्तक मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।