असार २४- २ नम्बर प्रदेश सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ ।

बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा। हरिवंश झाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठ, आर्थिक मामिलामन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित सङ्घीय कोष तथा लेखा नियन्त्रणका प्रमुख डा। वीरेन्द्र मिश्र, नेपाल राष्ट्र ब्याङ्क जनकपुर शाखाका प्रतिनिधि, आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानून अधिकृत सदस्य रहेको कार्यदलको सदस्य–सचिव आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत सञ्जय सरदार रहेका छन्।

ब्याङ्क स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी कार्यदललाई दिइएको छ ।

कार्यदलका संयोजक डा। हरिवंश झाले अवधारणा पत्रमाथि छलफल शुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रूप दिइने बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।