सांकेतिक तस्विर

गर्मी मौसममा विभिन्न खाले संक्रामक रोगको जोखिम बढ्छ। महिला र पुरुष दुवैमा विभिन्न किसिमका समस्या निम्तिन सक्छन्। एकातिर कीटाणु, जीवाणु बढ्छन्, अर्कोतिर सरसफाइमा ध्यान पुर्‍याउँदा–पुर्‍याउँदै पनि छालाजन्य समस्या देखिन सक्छ। मौसमअनुसार महिला र पुरुष जननेन्द्रिय वरिपरि पनि अनेक समस्या देखिन सक्छन्।

पुरुष यौनांगमा देखिने समस्या

त्यसो त पुरुष लिंगको सुपारी आकारको टुप्पा छालाले छोपिएको हुन्छ। जसलाई अग्रचर्म भनिन्छ। पुरुष लिंगमाथिको छाला तल–माथि गर्न, लिंगको टुप्पालाई ओसिलो बनाइराख्न तथा यौन सम्पर्क सहज बनाउन अग्रचर्ममुनि असंख्य स–साना ग्रन्थि हुन्छन्।

यिनै ग्रन्थिबाट उत्पादित रस सरसफाइको अभावमा बाक्लो भई सेतो देखिन्छ। यो स्वाभाविक प्रक्रिया हो। कतिपय अध्ययनअनुसार तुलनात्मक रूपमा अग्रचर्म कटान गरिएका व्यक्तिमा एचआईभीलगायत यौनांगको संक्रमण एवं क्यान्सर हुने सम्भावना कम पाइएको छ। तर, यसो भन्दैमा सबैले अग्रचर्म कटान गराउनैपर्छ भन्ने चाहिँ होइन। सामान्यभन्दा बढ्ता एवं संक्रमण हुन थालेको खण्डमा प्रभावित भाग चिलाउने, रातो हुने, सुन्निने, दुख्ने आदि हुन सक्छ।

व्यक्तिपिच्छे निश्चित खालको शारीरिक गन्ध कसैलाई मन पर्ने÷नपर्ने हुन्छ। निरन्तर सामीप्य भएपछि पार्टनरको शारीरिक गन्धमा मन पर्ने तथा यसैलाई पनि यौन आकर्षण मानिने हुन्छ।

महिला यौनांगमा देखिने समस्या
स्त्री जननेन्द्रिय (योनि) भन्दा माथि रौँले ढाकिएको भागलाई अंग्रेजीमा भल्भा भनिन्छ। शरीरमा अन्य अंगझैँ यहाँ पनि घाउ आउने (अल्सर हुने), दुख्ने, चिलाउने हुन सक्छ। भल्भामा धेरैजसो यौनजन्य संक्रमण (भिरिंगी, हर्पिस, सेन्क्रोइड आदि) का कारण घाउ आउन सक्छ।

त्यसबाहेक आन्द्रालाई पनि असर गर्ने क्रोन्स डिजिज, पटक–पटक मुख तथा आँखामा पनि अल्सर हुने बेहसेट डिजिज तथा इप्स्टिन बार भाइरसको कारणले हुने लिपसुज संक्रमणमा पनि भल्भामा घाउ आउँछ। भल्भा सुन्निने, सिस्नुले पोलेभै अनुभव हुने अवस्था पनि आउन सक्छ। योनि तथा पिसाब खुल्ने द्वारमा दुख्ने वा पोल्ने हुन सक्छ। (ए पी खबर) बाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।