file photo

असार २४- साताको तेस्रो दिन मंगलबार पनि बजारमा सुनचाँदीको भाऊ यथावत नै रहेको छ ।

सोमबार प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, सोमबार तेजावी सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि प्रतितोला सुनको मूल्य ६४ हजार २ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।