हेटौँडा,२३ असार –निकै विवादीत बनेको २५ मिटर फराकिलो बनाउने अभियान अजबाट पुन सुरु भएको छ । आज मकवानपुरको लोथरबाट काम सुरु गरिएको डिभिजन कार्यालय हेटौँडाका सुचना अधिकारी जयराम अधिकारीले बताए ।

२५ मिटरको अभियान आजबाट सुरु भएको छ उनले भने अब यो पटक रोकिनेवाला छैन् । मकवानपुरको हेटौँडामा अबको दुई दिनबाट काम सुरु गर्ने उनले बताए ।

मकवानपुरको मुख्य बजार क्षेत्रको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका क्षेत्रका ३ सय भन्दा धेरै घरले सार्वोच्च अदालतको स्टे अर्डर लिएको भन्दै उनले त्यस घर बाहेक अन्य क्षेत्रमा डोचर चल्ने बताए ।

मुआब्जाको विषयमा अहिलेसम्म कुनैपनि निर्णय भैनसकेको उनको भनाई रहेको छ । यता मकवानपुर उद्योग वाणिज्य संघले भने विना मुआब्जा घरमा डोजर चलाउन नदिने चेतावनी दिएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।