सांकेतिक तस्बिर

असार २३- बनेपाको चारदोबाटोमा युवतीमाथि सिरिन्ज हान्दैगर्दा एक युवक पक्राउ परेका छन् ।

सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक रहेका खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

काभे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा पाठक उक्त सरकारी स्कुलका विज्ञान विषयका शिक्षक हुन । पक्राउ परेका पाठकलाई स्थानियहरुले आक्रोशित हुँदै कुटपिट समेत गरेका थिए ।

स्थानियहरुले कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ ।

पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण गरेको स्वीकारेका छैनन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।