हेटौँडा,२२ असार ।
उत्तरी मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंबर ९ बाघमारा नजिकै भ्यान दुर्घटना भएको छ ।  विग्रिएको सबारी मर्मतको लागि हेटौँडाबाट दुईजना मिस्त्री लिएर जाँदै गरेको भ्यान बाघमारा नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारण उक्त भ्यानमा रहेका दुईजना मिस्त्री घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि हेटौँडा लगिएको छ ।

तस्बिर :यादवजंग राजमाझीको फेसबुकबाट साभार गरिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।