हेटौँडा,२२ असार ।
डिभिजन सडक कार्यालयले भोलीबाट २५ मिटर फराकिलो पार्ने अभियान सुरु गर्ने जनाएको छ ।
एशियन हाइवेको मापदण्डअनुसार सडक चौडा गर्दा भत्काइने संरचनाको क्षति विवरण संकलन कार्य सकिएको र १५ दिने सूचनाको म्याद पनि आज सकिएपछि कार्यालयले यस्तो जनाएको हो ।

खबरब्रेकसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी जयराम अधिकारीले भने ः क्षतिको विवरण संकलन, चौडापर्दा राजमार्गले छुने र भत्किने भौतिक संरचनामा चिना लगाउने का सकिएको छ, अब भोलीबाट मकवानपुरको लोथर तथा बाराको अमलेखगञ्जबाट काम सुरु हुनेछ ।
हेटौँडामा क्षतिको विवरण संकलनको काम भैरहेकोले अबको दुई तिन दिनपछि काम सुरु गर्ने योजनामा छौ ।
अहिले पनि २५ मिटरको सन्दर्भमा हेटौंडाको राप्तिखोलाबाट कर्रा खोलासम्म तथा चौकिटोलबाट बुद्धचोक क्षेत्रसम्मका करिब तीन सय भन्दा धेरै घरको सन्दर्भमा सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेपछि उत्त घर टहराको सन्दर्भमा कुनैपनि क्रियाकलाप गर्न पाउने छैन।

२५ मिटरको लागि असार ७ गते जारी गरेको १५ दिने सूचनाको मिति सकिएपनि सडक विभागलाई २५ मिटर फराकिलो पार्ने अभियानमा समस्या देखिएको छ।

डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले हालसम्म विभागमा २ सय भन्दा धेरै घरधनीले स्टे अर्डरको बारेमा जानकारी सहितको पत्र दिएको त्यस बाहेकपनि अन्य १ सय भन्दा धेरै स्टे अर्डर आएको आफूहरूले जानकारी पाएको बताए। उनले यो समस्याको वावजुत पनि सडक विस्तार अभियान भने नरोकिने दाबी गरे। ुस्टे अर्डर लिएको घरको सन्दर्भमा केही गर्न नमिलेपनि अन्य क्षेत्रमा रहेको घर टहरालाई हटाईने छु, उनले भने ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।