हेटौँडा,२२ असार ।
मकवानपुरमा भोलीबाट माछा मासु ब्यवसायहरु बन्द हुने भएका छन् । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि मकवानपुर माछामासु ब्यवसायी संघ तथा हेटौँडा मासु ब्यवसायी संघले संयुक्त पत्रकार सम्मेलन गरि भोलीबाट मासु ब्यवसाय बन्द गर्ने आन्दोलन गर्ने घोषँणा गरेको हो ।

गत जेठ ३० गते हेटौँडामा बसेको संयुक्त बैठकले खसीको मासुमा एकसय बृद्धि गरेको तर प्रशासनले उक्त विषयलाई बाधा अडचन गरेको भन्दै आन्दोलन गर्नु परेको हेटौँडा मासु ब्यवसायी संघका अध्यक्ष सुर्य अधिकारीले बताए । आफुहरुले घाटा खाएर मासु ब्यवसाय गर्न नसक्ने भन्दै उनले ब्यवसाय छोडेर आन्दोलन गर्नु परेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर माछामासु ब्यवसायी संघका अध्यक्ष शान्तकि खड्गीले आफुहरुलाई समस्या परेको कारण आन्दोलन गर्नुपरेको बताए । खसीको भाउ बढेको तर नियम अनुसार बढाउँदा समेत आफुहरुलाई समस्या पार्ने काम भएको भन्दै आफुहरुले नचाहदा नचाहादैपनि आन्दोलन गर्नु परेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर कुखुरा ब्यवसायी संघका अध्यक्ष राजु अधिकारीले चितवनमा १ हजार रुपैँया किलो, राजधानी काठमाण्डौँमा १२ सय रुपैँया पुगिसक्दा मकवानपुरमा एकसय बढाउँदा कालोबजारी भयो भन्दै प्रश्न गरे । मुल्य बढाउनु मात्र कालाबजारी हैन, आउँदै नआउने मुल्यमा बेच्दा पनि शंकाको विषय छ भन्दै उनले माछामासुको मुल्य समायोजन सहि रहेको बताए ।
उनले माछामासु ब्यवसायीहरुको आन्दोलनमा मकवानपुर कुखुरा ब्यवसायी संघको पनि साथ रहेको बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।