हेटौँडा,२१ असार ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पुर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने घर टहरा हटाउने अभियानमा रहेको सडक विभागलाई समस्या पर्ने भएको छ ।

२५ मिटरको सन्दर्भमा हेटौँडाको राप्तिखोलाबाट कर्रा खोलासम्म तथा चौकिटोलबाट बुद्धचोक क्षेत्रसम्मका करिब ३ सय भन्दा धेरै घरको सन्दर्भमा सर्वोच्च अदालतले स्टे अर्डर जारी गरेपछि उत्त घर टहराको सन्दर्भमा विभागले कुनैपनि क्रियाकलाप गर्न नपाउने भएको हो ।
२५ मिटरको लागि असार ७ गते जारी गरेको १५ दिने सूचनाको मिति सकिनै लाग्दा सडक विभागलाई २५ मिटर फराकिलो पार्ने अभियानमा समस्या देखिएको हो ।

खबरब्रेकसँग कुरा गर्दै डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले हालसम्म विभागमा २ सय भन्दा धेरै घरधनीले स्टे अर्डरको बारेमा जानकारी सहितको पत्र दिएको त्यस बाहेकपनि अन्य १ सय भन्दा धेरै स्टे अर्डर आएको आफुहरुले अनुमान गरेको बताए । उनले यो समस्याको वावजुत पनि सडक विस्तार अभियान भने नरोकिने दाबी गरे । उनले भने : हामीले स्टे अर्डर लिएको घरको सन्दर्भमा केहि गर्न नमिलेपनि अन्य क्षेत्रमा रहेको घर टहरालाई हटाईने बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।