-सुर्दशन अधिकारी हेटौंडा १७ असार,एकथरी हेटौंडेलीहरु बुद्धचोकको कान्तिराज पथ बाहेकका तीन दिशाहरुका घर पसलहरुलाई डोजर लागेर ५० मिटर चौडा हाइवे नबनाएसम्म हेटौंडालाई ३ नं. प्रदेशको राजधानी भन्न सुहाउँदैन भनि वकालत गरिरहेका देखिन्छन । दोस्रो थरी, हेटौंडेलीहरु अगाडिको घर भत्केमा आफ्नो घर जग्गा प्रस्तावितहाइवेको नजिकपुग्ने र लाख करोड भाउ बढ्ने भन्दै फुरुङ्ग पर्ने गरेका छन् । तेस्रो थरी, सडकमा घर बनाएपछि भत्काउनै प¥यो निभन्दैछन् । चौथो थरीहामीले सडक अतिक्रण गरेको होइनौँ, सरकारले हाम्रो सम्पत्ति अतिक्रमण गर्न खोज्दैछ रमुआब्जानदिए सडक विस्तार गर्न पाइदैन भन्दैछन् ।

हिजो आज सामाजिक सञ्जालमाआफु अनुकुलको व्याख्याहरु देखिन थालेको छ । सस्तो विदेशी ऋण र सरकारी विकासे बजेटबाट ५० मिटर चिल्लो हाइवे हेटौंडामा बन्नु पर्दछ भन्ने कुरामाकुनचाहीँ हेटौंडेलीको विमतिहोला र ! तर आजभत्किने भोलिभत्किने भन्दै चिन्तित बुद्धचोक “मलाई नभत्काई हेटौंडाको विकासै नहुने हो त ?“ भनीप्रश्नगरिरहेको प्रतित हुन्छ । पूर्वाधार विकास गर्न पुरानो संरचनाभत्काउनै पर्छ भन्ने हो र ?नवनिर्माण गरेर पो विकास सरल र छरितो होला बरु ।

बुद्धचोकमा स्थापितभगवान बुद्धको सालिकले आफ्नो चारैतर्फ जेसिबिले उद्यममच्चाएको किमार्थ हेर्न मन पराउँदैनन् होलान् । जेसिबि एउटा शक्तिशाली मेसिनहो । यसले दुई हप्ताभित्र सडकका दायाँबायाँ २५ मिटर भित्रका घर भत्काई सक्ला तर पुर्ननिर्माण गर्न जेसिबिएक्लैले सक्तैन । हजार थरीको समन्वयआवश्यक हुन्छ । धेरै टाढा हेर्नु पर्दैन, मेलम्चीखानेपानी सम्झे पुग्छ । मेलम्ची जस्तो ३० वर्ष नलाग्ला तर बजार भत्काएर ५० मिटर चिल्लो बाटो बनाउन १० वर्ष नलाग्लाभन्न सकिन्न । १० वर्ष सम्मभत्किएका संरचनाहरुबाट उड्ने धुलोहरुबाट सहरको वायु प्रदुषण कतिको बढ्ने हो ? राजधानी हेटौंडामा ।

हेटौंडा बजारको दुबैतर्फ अशोककाबोटहरुलगाएर हरियो हेटौंडा सहरको नामले प्रख्यातबनाइआफ्नो नाम र पद बनाएकामहानुभावहरुले ती रुखहरुलाई ढलाईदा टुलुटुलु हेरेर बस्ने भए त ?शहर भत्केपछि बिजुलीको पोल, खानेपानीको पाइप, भत्केका बटुवा हिँड्ने पेटीहरु, पानीबग्ने नालीहरु व्यवस्थितगर्न उपमहानगरपालिकाले यसपाली बजेट छुट्याएको छ त ? सडक विभागले शहर भत्काउने र बनाउने बजेट पाएको छ त ?शहर भत्केपछि आआफ्नो व्यापार अन्तै स्थानान्तर गरी व्यवस्थितगर्ने क्रममा बैंक, वित्तिय संस्था र सहकारीको कारोबारमा पर्ने असरको बारे कसैले चिन्ता गरेको छ त ?शहर भत्काएर हाइवे बनाएको अरु अन्तकतै उदाहरण छन् र ?शहर भत्काएर सडक विस्तार गर्दा र नयाँहाइवे बनाउँदाको खर्चको तुलनात्मकअध्ययनगरिएको छ त ?यी र यस्ता अनेक प्रश्नहरुले उत्तर खोजीरहेका छन् आज । बरु, हेटौंडा बजारको बुद्धचोक वरपरको क्षेत्रलाई “ वाक, सप र पार्कस्पट“ को अवधारणामा विकास गरि हाइवे अन्यत्रबाट डाइभर्ट गरेमा हेटौंडाबजार एउटा आकर्षक पर्यटकीय गन्तव्यबन्न सक्ने ठूलो सम्भावना देखिन्छ ।

हेटौंडा बजारको आधुनिकीकरणमा बाधक रहेको २५ मिटरको आतंकलाई १६ मिटरमापुर्नररेखाङ्कन गरी यो दीर्घ रोगलाई सधैंको लागि हटाई हेटौंडालाई तराई र सीमावर्ति भारतीयहरुको प्रमुखपर्यटन गन्तव्यको रुपमाविकास गर्ने तर्फ लागि सबै पक्षलाई जीतजीतको अनुभूती गराउँदै समग्र हेटौंडाको द्रुतविकासको बाटोमा अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने माता भुटनदेवी सँग विनम्र प्रार्थनाछ । होइन,पञ्चायतशासकहरुलाई भिजनरी मान्दै चौतिस सालमापञ्चायती सरकारले राजपत्रमाजारी गरेको तर कार्यान्वयननगरेको ”योजना”लाई बयालिस वर्ष पछि पनिलागू गर्नै पर्छ, अरु बिकल्प छदै छैन भन्ने मानसिकताबोकेर कामगर्ने हो भने दिनदिनै परिवर्तनकानयाँनयाँ नाराहरु रचनुरसुनाउनुको कुनै अर्थ देखिदैन ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।