असार ५- इरानी रिभोल्युसनरी गार्डले अमेरिकी जासुसी विमान खसालेको दावी गरेको छ । दक्षिण इरानको होर्मोज्गान प्रान्तस्थित खुमोबाराक नजिकै उँडिरहेको आरक्यू–४ ग्लोबल हक नामक मानवरहित जासुसी विमानलाई बिहीबार विहान इरानी आर्मीले निशाना बनाएको त्यहाँको सरकारी समाचारमाध्यमले जनाएको छ ।

अमेरिकाले हालसम्म घटनाको पुष्टि भने गरेको छैन,तर उस्ले घटनालाई अस्विकार पनि गरेको छैन । घटनाबारे सिधै टिप्पणी नगरे पनि अमेरिकी सेनाका प्रवक्ताले इरानको आकासमा ड्रोन उँडाउने नीति नभएको बताए ।

अमेरिकाले इरानलाई लक्षित गरी मध्यपूर्वमा एक हजार सेना थप्ने घोषणा गरेको भोलिपल्ट घटना भएको हो। अमेरिकाले ओमनको खाडीमा तेल बोकेर आवतजावत गरिरहेका ट्याङ्करलाई इरानले तारो बनाएको आरोप लगाउँदै आएको छ । घटना भएको क्षेत्र इरानको सबैभन्दा ठूलो तेल आपूर्ति केन्द्रको नजिकै पर्दछ ।एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।