तस्वीर गुगल

गर्मी मौसममा थोरै समय घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ । सामान्यतया चिसो मौसममा भन्दा गर्मीमा छालामा देखिने समस्या फरक हुन्छन् । गर्मीमा छाला कालो मात्रै हुने नभई चायापोतो आउने र अनुहारमा कालो धब्बा बस्नेजस्ता समस्या आउँछन् । अब जानौँ, सनस्क्रिन छनोट गर्ने तरिकाबारे प्रायः प्रत्येक मानिसको छालाको बनोट फरक हुन्छ । तसर्थ, सनस्क्रिन पनि आफ्नो छालाअनुसारको नै लगाउनुपर्छ ।

लसामान्यतया गर्मी महिनामा पिएच ट्रिपल प्लसको सनस्क्रिन एकदमै उपयोगी हुन्छ । जो ३० सन प्रोटेक्सन फ्याक्टर एसपिएफसम्मको लगाउन सकिन्छ । जसले घामबाट आउने किरण सीधा छालामा पर्न दिँदैन ।

लसूर्यबाट निस्कने अल्ट्राभायोलेट किरणले छालामा हुने मेलेनिन बनाउने कोषलाई नोक्सान पु(याउँछ । यसको सबैभन्दा ठूलो असर छालाको क्यान्सर हो । एसपिएफले किरणबाट हुन सक्ने जोखिमलाई रोक्ने गर्छ ।

प्रयोग विधि
– गर्मीमा बाहिर हिँड्दा सनस्क्रिन अनिवार्य लगाउनुपर्छ । जसले छालामा आउने समस्या रोक्नुका साथै छाला चम्किलो बनाउन मद्दत गर्छ । यस्ता क्रिमको प्रयोगले पसिनाको झन्झटबाट बच्न सकिन्छ ।

-प्रत्येक तीनदेखि ६ घन्टाको अन्तरालमा एसपिएफ पुनः प्रयोग गर्न सकिन्छ । घरबाहिर काम गर्ने मानिसले समय–समयमा क्रिम प्रयोग गर्दा राम्रो हुन्छ ।

-अधिकांशले घरबाट निस्कने समयमा मात्र सनस्क्रिन प्रयोग गर्छन् । यसो गर्दा प्रभावकारी हँुदैन । घरबाट निस्किनुभन्दा करिब १० देखि १५ मिनेटअघि सनस्क्रिन लगाउन आवश्यक छ ।

-कम्प्युटरमा लामो समयसम्म काम गर्नेले पनि सनस्क्रिनको प्रयोग गर्नुपर्छ । साथै, आउटडोर खेल खेल्ने र स्विमिङ गर्नेले पनि वाटरपु्रफ सनस्क्रिन प्रयोग गर्दा उत्तम हुन्छ ।
नयाँपत्रिकाबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।