हेटौंडा २२ जेठ,हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा “स्वच्छ वायु, स्वस्थ जिवन” भन्ने मुल नाराका साथ ४७ औ विश्व वातावरण दिवस २०७६ सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । आज विश्व वातावरण दिवसकादिन टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

4विश्व वातावरण दिवस कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर महतले नगरको वातावरण संरक्षण र सचेतना अभिवृद्धिमा टोल विकास संस्थाहरूको महत्त्वपूर्ण भुमिका रहेको बताउदै आगामि दिनमा वातावरण मैत्रि नगर बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

वातावरणको दिन वातावरणीय सचेतना मुलक वृहत र्यालि समेत गरिएको थियो । र्यालिमा करिव १५० वटा टोल विकास संस्था, विद्यालयहरु, विभिन्न जातिय एवं धार्मिक संघ संस्थाहरू रहेका थिए । हेटौंडा ४ हुप्रा चौरबाट सुरूवात गरिएको र्यालि कार्यक्रममा विभिन्न बाजागाजा र झाकि सहित भुटनदेवि माध्यमिक विद्यालयको चौरमा आएर सभामा परिणत भएको थियो । र्यालिमा टोल विकास संस्था तर्फ प्रथम हेटौंडा ११ को सिमलटार टोल विकास संस्था, दोश्रो हेटौंडा ९ को प्रगति टोल विकास संस्था, तेश्रो हेटौंडा ५ को अब्बलडाडा टोल विकास संस्था र सान्त्वना हेटौंडा ४ को चिसापानी टोल विकास संस्था, समाज कल्याण टोल विकास संस्था, हेटौंडा १ को विन्दवासिनि टोल विकास संस्था, हेटौंडा ६ स्थित राईटोल टोल विकास संस्था पुरस्कृत भएका थिए । पुरस्कृत हरूलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजारका दरले सम्मान गरिएको थियो।

त्यसै गरि संघसंस्था तर्फ हेटौंडा ७ को वातावरण सुधार समिति प्रथम, हेटौंडा ८ को किरणचोक बाल क्लब दोश्रो र नारायणी नर्सिङ कलेज तेस्रो भएको थियो । पुरस्कृतहरूलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको थियो। विद्यालय तर्फ अमर माध्यमिक विद्यालय हेटौंडा १ प्रथम, ज्ञानदा मावि हेटौंडा ४ दोश्रो र सनराईज बोडिङ स्कुल हेटौंडा १२ तेश्रो भएको थियो । उनिहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्रदान गरिएको थियो । कार्यक्रममा गित निकाल्न महत्त्वपूर्ण भुमिका निर्वाह गरेका सङितकार एवं संस्थाका उपमहासचिव ज्ञान बहादुर थापा, रविन मानन्धर, तुलसि गौतम, राम बिडारी, कार्यक्रम सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग गर्नुहुने रानि सामुदायिक वन हेटौंडा ६, सधेशि समाज मकवानपुरलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। यस वर्ष टोल विकासको अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ९ र ११ लाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना कुमारी लामा, नेपाली काङ्ग्रेसका प्रवक्ता प्रदिप कोईराला, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवं वन, वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक राजन थापा, हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तो थियो टोल विकास संस्था नगर समन्वय समितिले विश्व वातावरण दिवसको अवसरमा गरेको सप्ताहव्यापी कार्यक्रम :

टोल विकास संस्था नगर समन्वय समितिले गरेको विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रममा पहिलो दिन सार्वजनिक यातायात बाट निस्कने फोहोर मैला व्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम,दोस्रो दिन वृहत रक्तदान कार्यक्रम,तेस्रो दिन सरसफाई कार्यक्रम तथा चौथो दिन याताबाट निस्कने फोहोरमैला व्यवस्थापन गर्ने उदेश्यका साथ सार्वजनिक यातायातमा स्टिकर तथा डस्बिन समेत वितरण,पाँचौ दिन सार्वजनिक वातावरण सचेतना मुलक साईकल र्यालि र छैठौ दिन वृक्षारोपण कार्यक्रम गरेको थियो ।0


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।