हेटौंडा १३ जेठ,

–सुदर्शन अधिकारी,नेपालको राजनैतिक, सामाजिक र आर्थिक क्षेत्रको समस्या नै राज्यबाट प्रवाह हुने सेवा, सुविधा र प्रतिफल एउटा निश्चित वर्गमा कहिल्यै पुग्न नसक्नु हो । त्यो निश्चित वर्ग भनेको अशिक्षित, गरिब र विपन्न (अगवि) वर्ग हो । यही अगवि वर्गलाई कज्याएर राजा र सामन्तीवर्गले ऐस मोज मजा गरे र अहिले राजनैतिक दलहरु अगवि वर्गलाई भाषणले लठ्याएर सत्तामा पुग्ने औजारको रुपमाप्रयोग गर्दैछन । यो अगविलाई नै  भ¥याङ्ग बनाएर नेता हुने सजिलो फर्मुला बनेको छ । कहिले गाँस, वास, कपास घर घर पु¥याइदिने, कहिले तपाइको हकअधिकार तपाईकै हातमा परि दिन्छौं, कहिले प्रस्तावित राज्यको नाम तपाईको जात कै नाममा संविधानमा राख्नलगाई दिन्छौं आदी÷ इत्यादी सपना दिउँसै देखाइ दिन्छन् ।। राजनीति गर्नु परेमा वा समाज सेवा गर्नु परेमा लक्षित वर्ग अगवि नै हुने गर्दछ । केही समय पहिले पूर्व राजपरिवारको एक सदस्यले गरिबहरुलाई घर बनाउन सघाउने समाचार आएको थियो ।

व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका पछी राज्यको चौथो अगंको रुपमा स्वीकार गरिएको संचार क्षेत्रको भूमिका महत्वपूर्ण छ । जब सम्म देशमा राज्यको स्रोत, साधन र सुविधामा अगवि वर्गको पहुँच पुग्दैन तब सम्म देशको राजनैतिक र आर्थिक क्षेत्र ठिक ठाक कहिले पनि हुन सक्तैन । धनि र गरिब बीचको खाडल बढेरै जान्छ । राजनैतिक चल खेल झनझन बढेर जान्छ । देशमा राजनैतिक र संवैधानिक संकट कमहुँदैन ।  त्यसैले अब संचार क्षेत्रले नयाँकिसिमले जनताको माझपुग्नु पर्ने देखिन्छ ।

विभिन्न दुर्घटनाका खबर, नेताका फेरिएका बोली, कार्यक्रममा सहभागी वक्ताहरुको नामावली, मन्तव्यहरु आदी समाचारहरुका साथ साथै अबआर्थिक विकासलाई टेवापुग्ने खबर, उत्पादन बढाउने, नयाँप्रविधि र बजार संबन्धी जानकारी सम्प्रेषण गर्ने, सीपविकास तालिमको उपलब्धता, स्वरोजगार बन्न उत्प्रेरणा जगाउने गित, लघुकथा, आलेखको प्रसारण, अगविलाई लक्षितवर्ग तोकी सरकार, दाता, एनजिओहरुले उपलब्ध गराईरहेका सेवा र सुविधा सम्बन्धी जानकारी प्रसारणमा ध्यान बढी केन्द्रीत हुनु पर्ने देखिन्छ । कुन गाउँ वा ठाउँमा उत्पादन र विकासको के के संभावनाहरु छन त्यसको जानकारी गराएर चेतना जगाउनु पर्ने आवश्यकता देखिएको छ । आर्थिक एजेण्डालाई छायाँमा होइन फ्रण्ट पेजमा ल्याउनु पर्दछ ।

संचार क्षेत्रले मुख्य रुपमा विज्ञापनबाटै आफ्नो कार्यलाई निरन्तरतादिई रहेको हुन्छ । प्रमुख रुपमा उद्योग, व्यवसाय र बैकिङ्ग क्षेत्रले संचार क्षेत्रलाई विज्ञापन दिइरहेका हुन्छन । तर कतिपय संचार माध्यमहरुमा उद्योग, उत्पादन, व्यवसाय, बैंकिङ्ग, विकास, पूर्वाधार विषयहरुको समाचार, गतिविधिलाई नगण्य रुपमा स्थान दिइएको देखिन्छ । रोजगारी, आर्थिक विकास, प्रतिव्यक्ति आय बृद्धि विना मानिस खुसीबन्न सक्तैन, देश सम्पन्न बन्न सक्तैन । त्यसैले संचार क्षेत्रको प्राथमिकतामा विकासको प्रतिफल पुग्न नसकेका क्षेत्र, वर्ग र समुदायलाई आर्थिक कृयाकलापमा सहभागी हुन उत्प्रेरणा जगाउने सन्देश संचार माध्यमहरुबाट सम्प्रेषण हुनु आवश्यक छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।