अधिवक्ताः ध्रुब प्रसाद चौलागाई, राजनैतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ भन्ने माओत्सेतुङको भनाईबाट प्रभावित भई २०२८ साल र २०५१ सालमा शसस्त्र युद्ध शुरु गरेका दुई कम्युनिष्टहरु एक्काईसौ सताब्दिको पुर्वाधसम्म आईपुग्दा बुलेटबाट मात्रै हैन व्यालेटबाट पनि सत्तामा पुग्न सकिन्छ भन्ने तथ्यलाई प्रमाणित गर्न सक्षम भएका छन ।

कम्युनिष्टहरुहरु एकतन्त्रिय निरङकुश हुन्छन । कम्युनिष्ट शासनमा प्रजातन्त्र हुदैन, मौलिक हकहरु कुण्ठित हुन्छन भन्ने पुजिबादीहरुको हौवालाई चिर्दै नेपाली कम्युनिष्टहरुले यी कुराहरु गलतहुन र यस्को कुनै अर्थ छैन भने प्रमाणित पनि गरेकाछन । कम्युनिष्टहरुको सशस्त्र युद्धलाई र स्तालिनले यति हजार मानिस मारेका थिए कम्युनिष्टहरुले युद्धबाट मात्रै सत्ता लिन्छन भनि हल्ला गर्नेहरुको सबै कुराहरु जनअनुमोदीत भई कम्युनिष्टहरुको बहुमतको सरकार बनेकोले आधारहिन हुन भनि प्रमाणित भएका छन । मानव सभ्यताको विकाश र प्रगतिसंगै आन्दोलनका रुप पनि बदलिन्छन अनि सिंगो समाजले निर्देशित गरेको धारमा अगाडि बढेमात्रै जनताको बिचमा राजनिति गर्दा सफल भईनेछ भन्ने कुराको उदहारण पनि नेपाली कम्युनिष्टहरुले प्रमाणित गरेका छन ।

वर्तमान अवस्थासम्म आईपुग्दा नेपालि कम्युनिष्ट आन्दोलनले थप उचाई प्राप्त गरेको र जनताका अधिकारका लागि २००७ साल २०३६ साल २०४६ साल र २०६२/०६३ लगायतका सबै आन्दोलनमा प्रमुख भुमिका रहेको कुरा ईतिहासमा स्वर्णिम अक्षरले लेखिएका छ । सबै आन्दोलनको प्रमुख भुमिका र आन्दोलन कम्युनिष्टहरुले गरेपनि बाध्य भएर नेपाली कांग्रेसलाई बाहिरि विश्वलाई देखाउन पनि नेतृत्व नेपाली कांग्रेसकै हो भन्न पर्ने वाध्यता कम्युनिष्टहरुलाई थियो र वास्तविक आन्दोनको नेतृत्व कम्युनिष्टहरुकै थियो भन्ने कुरा पनि आम नेपालिले बुझेका थिए भन्ने कुरा प्रमाणित गरेका छन । कम्युनिष्टको विरुद्धमा छरिएका हल्लाहरु मत्थर हुनासाथ र दुईठुला कम्युनिष्टहरु मिल्नासाथ नेपालमा बहुमतको सरकार बन्यो । आन्दोलनमा हाम्रो नेतृत्व थियो भन्ने नेपाली कांग्रेसले सधै कम्युनिष्टहरुलाई फुटाएर र अनावश्यक लान्छनाहरु लगाएर शासन गरि रहेकोमा दुई ठुला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द) मिल्नासाथ उ धरासायी बन्न पुगेको छ । आम नेपाली जनताले कम्युनिष्टहरुको समय संगै बदलिएको तत्कालिन कार्यनितिलाई साथ दिदै प्रष्ट बहुमतको स्थायी सरकार दिएका छन । त्यसैले हामी सबैले अहिलेको अवस्थामा सिंगो देश र जनताको आकंक्षा ईच्छा र भावनालाई शिरमा राख्दै पुरा गर्नेतर्फ लाग्नु पर्दछ र
भावी दिनहरुमा देशमा अमन चयन कायम गर्नु पर्दछ । बर्तमान विश्वमा आम जनताको मन र भावनालार्ई जित्न सक्ने काम गरेर अगाडि वढन सकेमा सत्तामा पुग्न सकिने र जनताको ईछा भावना पुरा गर्न सकिन्छ भन्ने कुरालाई अहिलेको सरकारले प्रमाणित गर्न सकेमा सिंगो विश्वका सर्वहारा र कम्युनिष्टहरुको मार्गदर्शनका रुपमा नेपाली कम्युनिष्ट आन्दोलन हुने पक्का छ ।

विश्वमा शोसित पिडितहरु सत्तामा पुग्ने ढोका समेत यहीबाट शुरु हुनेछ । त्यसैले यो स्वर्णिम अवसरका लागि मुलधार भन्दा बाहिर रहेको सबै कम्युनिष्टहरुलाई एकिकृत गरि समुन्नत नेपालको उन्नतिको मार्गमा अगाडि बढनु र सिंगा विश्वलाई सन्देश प्रवाह गर्नु नै अहिलेको आवश्यक्ता हो । यो समयको माग पनि हो जस्ले सबैखाले अष्पष्टताहरुलाई चिर्दै सदियौ देखि कम्युनिष्टहरुलाई लागेको दाग पखाल्न पनि मद्दत गर्नेछ र सत्तामा पुग्ने मार्ग प्रशस्त गर्नेछ । यस्को जस नेपाली कम्युनिष्टहरु सबै मिलेर लिनु पर्दछ त्यसैले बाँकी रहेका सबे मिल्नु नै पर्दछ । कम्युनिष्टहरु पनि बदलिदो परिवेश संगै बुलेटबाट मात्रै हैन ब्यालेटबाट पनि सत्तामा पुग्न सक्छन र जनताले सहयोग गर्दछन भन्ने यथार्तता पनि सिंगो विश्वलाई देखाउनुछ । समग्रमा शोसित पिडित सबै बर्गले समान अवसर पाउन र राज्यमा रहेको बर्गीय बिभेद लगायतका सबै खाले विभेदहरु चाडै अन्त्य होस, सबै कम्युनिष्टहरु एकै ठाउँमा जुटेर आर्थिक उन्नति र समुन्नत नेपाल वनाऔ, फुटेर हैन जुटेर, हेरेर हैन गरेर, देशलाई अगाडि लगाउदै अरबका खाडिमा कामगर्न हिडेर गएका तर पर्कदा बाकशमा फर्कने र बिमान स्थलमा दिनहु सुनिने चित्कारलाई समाप्त पार्ने गरि कामगर्न सबै मिलौ एक मात्र उदेश्य देशको समुन्नत उन्नति र प्रगति हो भन्ने मुल मन्त्रका साथ आ–आफ्नो ठाउँबाट लागौ अनि मात्रै सबै खाले एकताको अर्थ रहनेछ ।

सन्दर्भः–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि सपथ ग्रहण
कार्यक्रम :
अधिवक्ताः ध्रुब प्रसाद चौलागाई,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
जिल्ला सदस्य मकवानपुर, २०७६।०२।०८ गते


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।