डा. यम सिलवाल,राजनीतिक सिद्घान्त राज्य व्यवस्था संचालनको प्रमुख सिद्घान्त हो, त्यसैले यसलाई राज्य–शासनशास्त्र तथा मूल नीति पनि भनिन्छ । मानव जातीको विकास सँगै राज्यहरुको निर्माण र संचालन हुँदै आएको छ । धार्मिक, सामाजिक, तथा सा“स्कृतिक मूल्य मान्यताका आधारमा पनि राज्य संचालन भएकाछन् । खासगरी १९औं र २०औं शताब्दीमा विशेष दखल पारेका राजनीतिक सिद्घान्तहरु र त्यसको जगमा वर्तमान २१औं शताब्दीमा अनुशरण गरिएका राजनीतिक दर्शनहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।

विश्व दृष्टि व्यक्तिको संसार प्रतिको अनुभूति, भोगाई, बुझाई, हेराई, विश्वास आदीलाई भनिन्छ । आधुनिक विश्वमा मुख्यतः तिनवटा राजनीतिक विश्व दृष्टिहरुको प्रभाव रहेको पाईन्छ । ति हुन पूँजीवाद, समाजवाद, र साम्यवाद । यि वादहरुमा राजनीतिक, सामाजिक, आर्थिक विचारधारहरुको संगम हो जसले आधुनिक विश्वलाई एउटा अलग अलग रुप दिएको छ । यसकारण पनि हामिले यि दर्शनहरुलाई बुझ्न आवश्यक छ । यि विचारधाराहरुले विश्व इतिहास र वर्तमानलाई नयाँ मोड दिएको छ । यद्यपी यि राजनीतिक विश्व दृष्टिहरुका अलावा नव उदारवाद भुमण्डलीकरण, प्रजातान्त्रिक सामाजिक उदारवाद र लोकप्रियतावादी राष्ट्रियता जस्ता विचारधाराहरु पनि केही मात्रामा रहेकाछन् ।

यि विषयहरु अगाडी बढाउँदा सवभन्दा पहिला पूँजीवाद आउँछ । साधारण ढंगबाट भन्नुपर्दा पूँजीवाद एउटा यस्तो व्यवस्था हो जहाँ उत्पादनका साधन तथा श्रोतहरुमा व्यक्तीको नीजि स्वामित्व हुन्छ । व्यक्तीले चाहेको व्यवसाय, उसको क्षमता अनुरुपको आकारमा जो कोही सँग गर्न सक्छ । राज्यको भुमिका नीति नियम बनाउने, अनुगमन गर्ने, शान्ति सुरक्षा कायम राख्ने, अर्थ र समाजलाई अनुशासित तथा मर्यादित बनाउनेमा हुन्छ । खुला बजारको आधारमा वस्तु तथा सेवाको कारोवार हुन्छ र आर्थिक कारोवारको प्रमुख भुमिकामा नीजि क्षेत्र हुन्छ । नीजि स्वामित्व सहित आर्थिक कारोवारमा व्यक्ती लाग्नुको मूल उद्देश्य नाफा कमाउनु हुन्छ । उक्त नाफाबाट बचत गरेर पूँजी निर्माण गर्दै जाने अभिलाशाले व्यक्तीलाई प्रेरित गर्दछ । यसका लागि उत्पादनका साधनको रुपमा जमिन, उद्योेग तथा अन्य श्रोतहरुमा नीजि स्वामित्व स्थापित गरिन्छ । आधारभूत रुपमा पूँजीवादको मूल विषेशताहरुमा नीजि स्वामित्व, श्रमिकलाई ज्याला, नाफा मार्फत पूँजी निर्माण, र प्रतिस्पर्धा जहाँ, जस्ले बढी बिक्री गर्न सक्छ, उसैले बढी नाफा कमाउँछ । बढी नाफा कमाउन नयाँ आविष्कार वा नवप्रवर्तन गरिन्छ अनि नयाँ उत्पादन विधि, उपकरणहरु, नयाँ वस्तुहरु बनाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन उद्दत हुन्छ ।

पूँजीवादको शुरुवात मध्य यूगमा बेलायत बाट भएको थियो । सामन्तवाद बाट पूँजीवादबाट तर्फ १८औं शताब्दीको मध्यतिर बढ्दै गर्दा समाजमा दुईवटा वर्गहरुको निर्माण भयो । उद्योगपतिहरु पूँजीपति वर्ग र श्रमिकहरु मजदुर वर्ग । यससँगै यि दुई वर्गको बिचमा ठूलो अन्तर बढ्दै गयो । मजदुर वर्गको आवास, स्वास्थ्य, आम्दानीको असमानता, वाल मजदुर, भोक, शहरीकरण, जनसंख्या वृद्घि, प्रदुषण आदी जस्ता समस्याहरुमा मजदुर वर्ग पिल्सिंदै गए ।

आजकाल २१औं शताब्दीमा पूँजीवादले अर्थव्यवस्थालाई उपभोक्तावादीमा परिणत गरिदिएको छ । दैनिक आवश्यकता भन्दा बढी अतिरिक्त वस्तुहरु उपभोग भईरहेको छ । सपिङ्ग मलहरुमा अनगिन्ति वस्तुहरुले दिइरहेका हुन्छन् । यसले प्राकृतिक श्रोतहरुमा अनावश्यक भार र दोहन थपिदिएको छ । यद्यपी मानिसहरु भौतिक सुविधाहरुको उपलब्धताले गुणस्तरीय जीवन जीउँन पाएका छन भन्न पनि सकिन्छ । तर यहाँ हरेक चिजलाई मुद्रामा तुलना गरिन्छ । धनि र गरिब बिच ठूलो खाडल वा अन्तर हुन्छ । अमेरिकालाई पूँजीवादको उदाहरणको रुपमा लिन सकिन्छ ।  समाजवादमा उत्पादनका श्रोत साधनहरु माथि राज्यको स्वामित्व हुन्छ र ति श्रोत साधनहरु बाट हुने आयको वितरण नागरिकहरुमा हुने व्यवस्था रहन्छ । यहाँ राज्य कल्याणकारी हुन्छ । यस व्यवस्थाको अर्को महत्वपूर्ण पक्ष भनेको सम्पूर्ण नागरिकलाई समान अवसर प्राप्त हुन्छ । यस्ता देशहरुको उदाहरणमा खासगरी स्क्यान्डिनेभिया क्षेत्र वा नर्डीक देशहरु जस्तै नर्वे, स्वीडेन, डेनमार्क, फिनल्याण्ड र आइसल्याण्ड पर्दछन् । साथै क्यानाडालाई पनि लिन सकिन्छ । यि देशहरु मानव विकास सुचाङ्कमा संधै अगाडी हुने गर्दछन् , किनकी यि देशहरुले समाजवादका सिद्घान्तहरुमा रहेर नीतिहरु कार्यान्वयन गरेकाछन् । यहाँ शिक्षा स्वास्थ्य समान र निःशुल्क उपलब्ध हुन्छ ।

१९औं शताब्दीको मध्य तिर (सन् १८३०–१८६०) एउटा आदर्श राज्यको परिकल्पना थालियो, जहाँ कुनै किसीमका खराबी नहोस, सब बराबर होस, कोही ठूलो सानो भन्ने नहोस, कसैलाई अभाव नहोस, यस्ता विचारहरु प्रकट भए जसलाई Utopia Idea Society भनिन्छ । तर यस्तो अवस्था वास्तविकतामा कहिल्यै हुन सक्तैन भन्दै अर्काे पक्षले आलोचना गरे । तर समाजवादी पक्षधरहरुले तत्काल संभव नभएपनि भविष्यमा संभव हुन सक्छ नि भनि तर्क गरे ।

समाजवादको चिन्तनबाटै साम्यवाद (Communism) विचार अगाडी आयो । यस व्यवस्थामा पनि उत्पादनका साधनहरु जनताको स्वामित्वमा हुनु पर्दछ भन्ने मान्यता छ । सबै समान हुनु पर्दछ, कुनै वर्ग हुदैन, राज्य वा सरकार अथवा कोही पनि शासक आवश्यक हु“दैन र मुद्रा रहीत अर्थ व्यवस्था हुनु पर्दछ, त्यसैले वितरणको बारेमा यस व्यवस्था मौन छ । यि नै साम्यवादका मूल विशेषताहरु हुन् । साम्यवादका चिन्तक कार्ल माक्र्स (सन १८१८–१८८३) हुन र उनी स“गै उनका मित्र फेडरिक एंगेल्सले उनलाई गहन रुपमा साथ दिएका थिए । लेनिन र स्टालिनले यो सिद्घान्तलाई सबभन्दा पहिला अपनाएका थिए । यस विचारलाई माक्र्सवाद (Marxism) भनिन्छ । माक्र्सवादी सिद्घान्त अनुसार समाजमा दुईवटा वर्गहरु हुन्छन श्रमिक वर्ग र पू“जीपति वर्ग वा मालिक । यि दुई वर्गका बिचमा द्वन्द हुन्छ र संघर्ष हुन्छ अनी यसले क्रान्ति ल्याउ“छ तत्पश्चात समाजवाद आउँछ । त्यसपछी मुद्रा रहित अर्थव्यव स्था वा नीजि स्वामित्व रहित, शासक वा सरकार रहित अवस्था आउ“ने परिकल्पना गरिएको छ जसलाई साम्यवाद भनिन्छ । यसरी माक्र्सले व्याख्या गरेका सिद्घान्तमा साक्यवादको बारेमा गहन व्यख्या भने गरेका छैनन् । १९औं र २०औं शताब्दीमा यस विचारधाराले सबैभन्दा बढी प्रभाव पा¥यो । धेरै देशहरुमा क्रान्ति भए । सन् १९१७ को रसियन क्रान्ति पश्चात लेनिनले श्रमिक वर्गको पार्टी र त्यही पार्टीले राज्य संचालन गर्ने गरी संयुक्त अधिराज्य समाजवादी रसिया राज्य (USSR) स्थापित र संचालन भयो । यहा“ सम्पूर्ण संसाधन माथि राज्यको स्वामित्व रहने व्यवस्था गरियो । राज्यले प“ूजी निर्माण गर्दै गयो । लेनिनको निधन पश्चात स्टालिनले माक्र्सवाद–लेनिनवाद भनि दुबैलाई मिश्रण गरी नयाँ विचार दिए । त्यसैगरी चिनमा माओत्सेतुङ्गको नेतृत्वमा क्रान्ति सफल भयो र आङ्खनै मौलिक विचार सहित नया“ कम्यूष्टि सत्ता स्थापना भयो । यहाँ पनि एकल पार्टी शासन व्यवस्था लागू भयो । माओले चिनको तत्कालिन अवस्था अनुरुप कृषकलाई श्रमिक वर्ग मानेका थिए तर माक्र्सले उद्योगमा काम गर्ने मजदुरलाई मात्र श्रमिक वर्ग मानेका थिए । यूरोपमा जस्तो तत्कालिन समयमा चिनमा उद्योगहरु नभएकाले किसानहरुलाई माओले श्रमिक मानेका थिए ।

आजको विश्व राजनीतिक परिवेशमा कुनै पनि देशमा निरपेक्ष रुपमा कुनै एउटा मात्र दर्शन वा वाद पूर्ण रुपमा कार्यान्वयन भएको पाइँदैन । तर माथि उल्लेख गरिएका राजनीतिक दर्शनहरुको विभिन्न पक्षहरुलाई आङ्खनो देश र परिवेश अनुरुप अपनाइएको पाउँछौं । नेपाल पनि यसको अपवाद रहेको छैन । तानाशाही र सामन्तवादको अन्त्य गर्ने शुरुवात सँगै मूलतः बि.सं. २००७ साल पछि प्रजातान्त्रिक समाजवाद र कम्यूनिष्ट विचार वा दर्शन नेपाली राजनीतिको प्रमुख मार्ग दर्शक सिद्घान्त बन्दै आएको छ । विभिन्न शसस्त्र र शान्तिपूर्ण आन्दोलनहरु बाट भएका राजनीतिक परिवर्तनहरुले नेपालमा पूँजिवाद, समाजवाद तथा साम्यवादका समेत विभिन्न मान्यताहरुलाई अपनाईंदै लगिएको छ । संविधानसभाद्वारा जारी संविधान २०७२ ले पनि एउटा समृद्घ कल्यणकारी समाजवाद सहितको राजनीतिक समाजिक व्यवस्थाको परिकल्पना गरेको छ । सम्पत्ती माथि नीजि स्वामित्वको हक, शिक्षा र स्वास्थ्यको राज्यद्वारा निशुल्क व्यवस्था, समानताका लागि समानुपातिक तथा समावेशिता आदीको संवैधानिक व्यवस्था हुनुले यि कुराहरुको पुष्टी गर्दछ ।

लेखक : डा. यम सिलवाल मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।