हेटौँडा,७ बैशाख । नलेज भिलेज नेपालको प्रस्तुती रहनेगरि हेटौँडामा आजबाट “सुर्दशनसँग कफी” श्रृंखला सुरु भएको छ । आज कार्यक्रममा पहिलो श्रृंखला चिरन्जीवी भव: सम्पन्न भएको हो ।

न्युज क्लब नेपाल हेटौँडा वडा नंबर २ को सभाहलमा भएको कार्यक्रममा जीवनपयोगी, समसायीक विषयमा बैकंकर तथा लेखक सुदर्शन अधिकारीले आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

अधिकारीले जीवनोपयोगी विषय वस्तुहरुमा आज स्वास्थ्य जीवन, तनाव ब्यवस्थापन,रोग लाग्नुको कारण,निरोगी बन्न आवश्यक तत्वहरुको बारेमा मन्थन गरेका थिए । प्रत्येक महिनाको पहिलो शनिबार बिहान सात बजेर ३० मिनेटदेखि ८ बजेसम्म आधा घण्टासम्म “सुर्दशनसँग कफी” श्रृंखला हुनेछ ।अर्थसास्त्रमा स्नाकोत्तर गरेका अधिकारीले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, ग्रामिण विकास बैंक, अल्पाइन विकास बैंकमा गरि ४५ वर्ष आर्थिक क्षेत्रमा अनुभव हाँसिल गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।