प्रहरीको हिरासतमा दलित किशोरको मृत्यु प्रकरण सम्बन्धमा गलत सूचना दिने प्रहरी अधिकारीकै नेतृत्वमा जिल्ला प्रहरी कार्यालय (झापा)ले छानबिन समिति गठन गरेको छ।

जिल्लाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको हो।प्रहरी प्रवक्ता डीएसपी श्रेष्ठले १५ वर्षीय किरण कार्कीडोली दर्जीको पहिचान लुकाई १९ वर्षीय भारतीय नागरिक भएको र उनको थुनुवा कोठामा आत्महत्या गरेको सूचना वैशाख ४ गते म्यासेन्जरमार्फत नयाँ पत्रिकाकर्मीलाई दिएका थिए भनेर आजको नयाँ पत्रिकामा लक्ष्मी काफ्लेले लेखेका छन्।

तर प्रहरीले दर्जीको शव वैशाख २ गते परिवारलाई बुझाएकै दिन उनी नेपाली नागरिक भएको र १५ वर्ष पूरा भएको खुलिसकेको थियो।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।