आइपिएल अन्तर्गत रोयल च्यालेंजर्स बैंगलोरले कोलकोता नाइटराइडर्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा बैंगलोरले कोलकोतालाई १० रनले पराजित गरेको हो । बैंगलोरले २१४ रन्को विशाल रन बनाएपनि कोलकोताविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको हो ।

रोयल च्यालेन्जर्स बैंगलोरले दिएको २१४ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै २०३ रन बनाएपछि खेल १० रनले बैंगलोरले जितेको हो ।कोलकोताका लागि नितिस रानाले सर्वाधिक ८५ रन बनाएका थिए । रानाले आन्द्रे रसेलसंग मिलेर ११८ रनको साझेदारी गर्दै कोलकोतालाई जितको नजिक पुर्याएका थिए । रसेलले २५ बलमा ६५ रन बनाएका थिए । त्यस्तै सुनिल नारनले १८ रन बनाएका थिए ।

बैंगलोरका बलर डेल स्टेनले २ विकेट लिए भने नवदीप सैनी र मार्कोस स्टोइनिसले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले उत्कृष्ट ब्याटिंग गर्दै आफ्नो शतक पुरा गरेका थिए ।  कोहलीले आइपिएलको पाँचौ शतक प्रहार गर्दै बैंगलोरको रन २१३ सम्म पुर्याएका थिए । कोहलीले ५८ बलमा सय रन बनाएर आउट भएका थिए ।

बैंगलोरका लागि मोइन अलीले ६६ रन बनाए भने मार्कोस स्टोइनिसले अविजित १७ र पार्थिव पटेलले ११ रन बनाएका थिए ।कोलकोताका ह्यारी गुर्नी, सुनिल नारन, आन्द्रे रसेल र कुलदीप यादवले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित हासिल गरेको छ भने कोलकोताले लगातार चौथो हारको सामना गरेको छ । कोलकोताले अहिलेसम्म खेलेका ९ खेलमा कुल ५ खेलमा हार बेहोरेको छ ।आइपिएल अन्तर्गत आज दुई खेल हुदै छन् । पहिलो खेल राजस्थान रोयल र मुम्बई इण्डियन्सबीच हुदै छ भने दोस्रो खेल दिल्ली क्यापिटल्स र किंग्स इलेभेन पंजावबीच हुदै छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।