file photo

आइपिएलको इतिहासमा विराट कोहलीले आफ्नो पाँचौ शतक हानेका छन् । आइपिएलमा धेरै शतक बनाउने रेकर्ड भने वेस्टइन्डिजका क्रिस गेलको नाममा रहेको छ । गेलले अहिलेसम्म ६ शतक बनाएका छन् । त्यस्तै दोस्रो स्थानमा विराट कोहलीले ५ शतक बनाएका छन् । त्यस्तै डेभिड वार्नर र शेन वाटसनले ४-४ शतक प्रहार गरेका छन् । त्यस्तै एबी डिभिलीयर्सले ३ शतक बनाएका छन् भने ब्रेण्डम म्याकुलम, एडम गिलक्रिष्ट, विरेन्द्र सहवाग, मुरली विजय र हसिम अमलाले २-२ शतक बनाएका छन् ।

साथै यस सिजनमा अहिलेसम्म कुल ५ शतक बनेका छन् । जसमा विराट कोहली, डेभिड वार्नर, जोनी बैरस्ट्रव, संजु सामसन र केएल राहुलले एक एक शतक प्रहार गरेका छन् । बर्ष अनुसार हेर्दा सबैभन्दा बढी शतक सन् २०१६ को आइपिएलमा भएको देखिन्छ । २०१६ मा कुल ७ शतक बनेका थिए भने सन् २००९ मा केवल २ शतक बनेका थिए ।

सन् २००८ मा ६ शतक, २००९ मा २ शतक, २०१० मा ४ शतक, २०११ र २०१२ मा ६-६ शतक, २०१३ मा ४ शतक, २०१४ मा ३ शतक, २०१५ मा ४ शतक, २०१६ मा ७ शतक, २०१७ र २०१८ मा ५-५ शतक बनेका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।