बैशाख ७- नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष ९आइएसएस० मा पुगेको छ ।

नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।

नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक० को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो ।

अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेले भर्जिनियास्थित ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भूउपग्रह भएको यान प्रक्षेपण गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।