सम्झना रिजाल  हेटौंडा बैशाख ६ चैत,

नयाँ शैक्षीक सत्र सुरु हुदै गर्दा हेटौडा उपमहानगरपालिकाले पाठ्य पुस्तक उपलब्ध गराउन तत्परता देखाएको छ ।नगर क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरुमा पाठ्य पुस्तकको अभाव हुन नदिन समयमा नै बजेट छुट्याएको उपमहानगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा रहेका ८१ वटा सामुदायीक बिद्यालयका २६ हजार भन्दा धेरै विद्यार्थीहरुका लागी पाठ्य पुस्तक खरिद गर्न उपमहानगरपालिकाको शिक्षा शाखाले ९३ लाख बजेट बिनियोजन गरेको जनाएको छ ।

पहिलो चरणको पाठ्यपुस्तक खरिदको लागी ७० लाख रुपैया विद्यालयहरुमा पठाइसकिएको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख लिलानाथ गौतमले बताए ।

विद्यार्थि सङ्ख्या बढ्दै गएमा थप पाठ्यपुस्तकाका लागी थप बजेट निकासा गरिने समेत गौतमले बताए ।विद्यालयहरुमा पाठ्यपुस्तक सहज उपलब्ध गराउनका लागि स्टेशनरी व्यवसायि र सामुदयिक बिद्यालयका राष्ट्रिय अभिभावक सघं तथा संस्थागत विद्यालय अभिभावक संघ सँग समन्वय समेत गरिसकेको गौतमले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।