हेटौँडा,६ चैत्र ।
हिन्दु राज्यको माग गर्दै धर्म निरिपेक्षताको पोष्टर जलाउने क्रममा हेटौँडाको सिमा चोकमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको लाठीबाट राप्रपाको दुईजना घाईते भएका छन् ।

घाईते हुनेमा कृष्ण विडारी तथा अर्जुन खुलाल रहेका छन् । राप्रपाको राष्ट्रिय कार्यक्रम अन्र्तगत भएको र्यालीमा सिमाचोक पुगेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रहरीले हस्तक्षेत्र गरेपछि बोल्दै राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले प्रहरीको दमनको बिरोध गरे । कार्यक्रममा राप्रपाका सयौँ कार्यर्ताहरुको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।