प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ केन्द्रीय सदस्यसहित तीन जनालाई दाङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुडामणि ओली ‘आदर्श’, चन्द्र बहादुर खड्का असल र लालबहादुर ओली छन् ।लालबहादुर स्थानीय नेता हुन् भने चुडामणि र चन्द्र बहादुर केन्द्रीय सदस्य हुन् । यसैवीच, विप्लवको पार्टीका कपिलवस्तु जिल्ला सचिवालय सदस्यले राजीनामा दिएका छन् ।

कपिलवस्तु जिल्ला सचिवालय सदस्य कपिलवस्तु नगरपालिका–६ गोबरी निवासी जीत बहादुर यादवले पार्टीबाट राजीनामा दिएका हुन् ।उनले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूह छोडेर स्वतन्त्र रहेको बताएका छन् ।

पार्टीले आफूलाई काम गर्न नसक्ने बताउदै घर बस्न भनेकाले आफू स्वतन्त्र रहन चाहेको विज्ञिप्तीमा उल्लेख छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।