बैशाख ६- वैशाख ११ गतेदेखि नेपाली कांग्रेसले शुरू गर्न लागेको राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले जिल्ला जिल्लामा आफ्ना नेताहरू खटाएको छ । जागरण अभियानको पहिलो चरण वैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।

मकवानपुरका लागि नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीलाई खटाउने भएको छ ।

तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ ।बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ ।

हेर्नुहोस् अभियानका लागि कांग्रेसले कसलाई खटाएको छ :

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।