file photo

राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चीनको राजकीय भ्रमणमा जाने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा ९ दिने चीन भ्रमणमा जान लागेकी हुन्।  राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरु, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधिहरु पनि त्यसतर्फ जाने कार्यक्रम छ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को अप्रिल २५ मा हुने दोस्रो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति भण्डारी समकक्षी सीले आयोजना गरेको भोजमा पनि सहभागी हुने छिन्। राष्ट्रपति भण्डारी अप्रिल २९ मा बेइजिङमा सुरू हुने बागबनी प्रदर्शनीमा पनि सहभागी हुने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले सियानमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तस्तरीय नेताहरूसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सियान भ्रमणपछि राष्ट्रपति भण्डारी बेइजिङमा हुने बिआरआईको दोस्रो शिखर सम्मेलनमा सहभागी हुने बताइएको छ। बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेइजिङ भ्रमणपछि राष्ट्रपति भण्डारी चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा आउने कार्यक्रम रहेको छ। त्यहाँ पनि राष्ट्रपति भण्डारीले प्रान्तीय नेताहरुसँग भेटघाट गर्ने छिन्। ल्यासाको भ्रमण सकेर राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।