जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा मेघ गर्जनसहित वर्षा र सम्भावना रहेको जनाएको छ ।अहिले देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुनुका साथै अधिकांश भू–भागमा वर्षा भइरहेको महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।’आउँदो आइतबारसम्म नै देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने र पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको यस्तै महाशाखाले जनाएको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।