हेटौंडा,मनहरी गाउँपालिकाको ४ वटा वडामा शुक्रबार नेपाल तरुण दलको वडा समिति गठन गरिएको छ ।  वडा नम्बर १, २, ३, ४ मा वडा समिति गठन गरिएको हो । मनहरी १ नम्बर वडामा दिनेश लामाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । त्यस्तै २ नम्बर वडामा सोबिन वाइबाको अध्यक्षतामा ११ सदस्यीय तरुण वडा समिति गठन गरिएको छ । ३ नम्बर वडामा सन्तोष वर्तौलाको अध्यक्षतामा २९ सदस्यीय समिति बनेको छ । त्यस्तै ४ नम्बर वडामा राजु प्रजाको अध्यक्षतामा २१ सदस्यीय तरुण दल वडा समिति गठन गरिएको हो ।

तरुण दल मनहरी गाउँपालिका अध्क्ष स्वतन्त्र उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी महासमिति सदस्य तथा जिल्ला सल्लाहकार भरत पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी क्षेत्रीय सभापति लोक मोक्तान, महासमिति सदस्य रञ्जन कालाखेती, क्षेत्रीय पार्टी सचिव सन्तोष थापा, मनहरी गाउँपालिका पार्टी सचिव प्रकाश वर्तौला, तरुण दल मकवानपुरका उपाध्यक्ष निराजन वर्तौला, शिक्षक संघ जिल्ला सचिव विदुर थापा, तरुण क्षेत्रीय कोषाध्यक्ष सागर जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए । तरुण दल मनहरी गाउँपालिका उपाध्यक्ष रघुनाथ वर्तौलालगायतले कार्यक्रममा सहभागीलाई स्वागत गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।