६ वैशाख । गएराति भएको युरोपा लिगको क्वाटरफाइनल खेलको दास्रो  लेगमा आर्सनलले नेपोलीलाई १-० गोलले पराजित गरेको छ । यो जितसँगै आर्सनलले समग्र ३-० गोलको जित निकाल्दै युरोपा लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

युरोपा लिग जित्ने दाउमा रहेको आर्सनल पछिल्ला खेलहरुमा लयमा देखिएको छ ।नेपोलीको घरेलु मैदानमा भएको खेलमा आर्सनल बलियो टोली साबित भयो ।

खेलको ३६ औँ मिनेटमा अलेक्जेण्डर लाकाजाटीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।