आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान भएको पुरुष क्रिकेटमा प्रदेश १ ले प्रदेश ३ लाई २० रनले पराजित गरेको छ।कोहलपुर क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश १ ले दिएको ८७ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १८.३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमा समेटिएको थियो।

प्रदेश एकका दीपेश कडेंलले ३.३ ओभरमा २ ओभर मेडन राख्दै १० रनमात्रै खर्चिएर ४ विकेट लिएपछि प्रदेश १ ले शानदार जित हात पारेको हो। प्रदेश ३ का रोबिन जोशीले २४ तथा इशान पाण्डेले २० बाहेक अन्यले सम्झनलायक स्कोर बनाउँन सकेनन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो आएको प्रदेश एकले १९.४ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो। उसका पुष्प थापाले २४ तथा सन्नी पुन र राजन मगरले समान १२–१२ रन जोेडेका थिए।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।