file photo

आठौं खेलकुद अन्तर्गत शुक्रबार भएको महिला भलिबल प्रतियोगितामा एपीएफ र प्रदेश ३ विजयी भएका छन्।

शुक्र भलिबल स्टेडियममा शुक्रबार भएको पहिलो खेलमा एपीएफले प्रदेश १ माथि ३–० को सोझो सेटमा जित पार्यो। पहिलो सेटमा २५–४ को जित हात पारेको एपीएफले दोस्रो सेटमा २५– ९ र तेस्रो सेटमा २५–१० को जित हात पार्यो।

यस्तै अर्को खेलमा प्रदेश ३ ले प्रदेश २ लाई २५–९, २५–७ र २५–१० को सोझो सेटमा पराजित गरेको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।