वैशाख ६- वैशाख ६ गते अभिनेता आर्यन सिग्देल तथा उनकी धर्मपत्नी सपना भण्डारीका लागि यसै पनि विशेष हुन्छ।किनभने उनीहरू वैशाख ६ का दिन म्यारिज एनिभर्सरी सेलिब्रेट गर्छन्।

चार वर्ष अघि उनीहरूले यही मितिमा लगनगाँठो कसेका थिए। यही विशेष दिन पारेर आज वैशाख ६ गते शुक्रबार अभिनेता सिग्देल बुबा बन्दैछन् भने सपना आमा। यो खबर आजको साप्ताहिकमा छापिएको छ।

आर्यनका नजिकका साथी फेसन उद्यमी तथा भिजुअल एडिटर सुजन सुवेदीका अनुसार अभिनेता आर्यन आज शुक्रबार बिहानै बुबा बन्दैछन्।

बसुन्धरास्थित चिरायु अस्पतालमा सपनाले बच्चा जन्माउने निर्णय गरेकी हुन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।