हेटौँडा,५ बैशाख ।
नेकपा नेतृत्वले गरेको नेपाल बन्दको असर हेटौँडामा आज विहानैबाट परेको छ । बन्दको कारण विद्यार्थीहरु अलपत्र परेका छन् । उनीहरु सडकमा सवारी कुर्दै भेटिएका छन भने विहानै खुल्ने गरेका ब्यवसायहरु समेत अहिलेसम्म खुलेका छैनन् ।

बन्दको कारण अहिलेसम्म कुनैपनि अप्रिय घटना नभएपनि हेटौँडा वडा नंबर ८ मा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।