नेपालको आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने सपना अपुरो भएको छ । मलेसियामा जारी एसिया छनोट अन्तर्गत युएईले ओमानलाई पराजित गरेसंगै आठौं पटक यू–१९ विश्वकप खेल्ने नेपालको सपनामा अपुरो भएको हो ।

बिहिबार भएको खेलमा युएईले ओमानलाई १० विकेटले पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको छ  । बिहिबार नै भइरहेको खेलमा नेपालले कुवेतलाई पराजित गरेपनि विश्वकपमा पुग्ने छैन । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र युएईको हार आवश्यकता रहेको थियो । तर, युएईको जितसंगै नेपालको विश्वकप सपना सकिएको हो ।

सिंगल राउण्ड रोबिनका आधारमा जारी छनोटको शीर्ष एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने प्रावधान रहेको छ । अब युएईले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकप खेल्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।