file photo

बैशाख ५- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

आरामका लागि भन्दै प्रचण्ड सुकुटे पुगेका हुन् । उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका छन् ।

उनीहरु सुकुटे बीच रिसोर्टमा बस्ने बताइएको छ तर, कहिलेसम्म बस्ने भन्ने खुलाइएको छैन । विप्लव समूहको बन्द छल्दै प्रचण्ड त्यहाँ पुगेका हुन् । प्रचण्ड आराम गर्ने भन्दै बेला बेला सुकुटे पुग्ने गरेका छन् ।

पार्टी एकताको काममा कुनै निकाश ननिस्किएको बेला आराम खोज्दै प्रचण्ड सुकुटे पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।