नयाँ दिल्ली, ५ वैशाख । इण्डियन प्रिमियर लिगको १२औं सिजनको ३४ औं खेल बिहीबार हुँदैछ । फिरोजशाह कोटा रंगशालामा राति सवा ८ बजे सुरु हुने खेलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।दिल्लीले आफ्नो पछिल्ला तीन खेलहरु जित्दै आइरहेको छ । मुम्बई इण्डियन्सले पनि पछिल्ला ५ खेलमा ४ खेल जितिसकेको छ । दुवै टोलीले ८ खेलमा १०-१० अंक जोडेका छन् । तर रनरेटका आधारमा दिल्ली दोस्रो र मुम्बई तेस्रो स्थानमा रहेका छन् ।

आईपीएलमा दिल्ली र मुम्बईबीच अहिलेसम्म २३ खेल भइसकेको छ । यसमा दिल्लीले १२ र मुम्बईले ११ पटक जितेका छन् । दुवै टोलीबीच ५ खेलमा दिल्लीले ३ र मुम्बईले २ खेलमा जित हासिल गरेको छ । दिल्लीले मुम्बईविरुद्धको पछिल्ला तीनवटै खेलहरुमा जित निकाल्दै आएको छ ।

मुम्बईले दिल्लीलाई पछिल्लो पटक ६ मे २०१७ मा हराएको थियो । फिरोजशाह कोटलामा भएको उक्त खेलमा मुम्बईले पहिला बलिङ गर्दै ३ विकेटमा २१२ रन बनाएको थियो । दिल्लीले भने १३.४ ओभरमा केवल ६६ रन जोड्दै अलआउट भएको थियो । त्यसपछि दुई टोलीबीच ३ खेल भएका छन् । ती तीनवटै खेलमा दिल्लीले विजय दर्ता गर्दै आएको छ ।

घरेलु मैदानमा दिल्लीले आईपीएलको ७० खेल खेलिसकेको छ । जसमध्ये दिल्लीले केवल ३० खेल जितेको छ, ३८ मा पराजित बनेको छ, एक खेल रद्द भएको छ भने एक खेलमा कुनै पनि नतिजा निकाल्न सकिएको थिएन ।उता मुम्बई इण्डियन्सले यस मैदानमा १३ खेलमा ६ खेल जितेको छ ।पछिल्लो समय दुवै टिम फर्ममा रहेका छन् । दिल्लीसँग शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर र ऋषभ पन्तजस्ता ब्याट्सम्यानहरु छन् । त्यसो त, मुम्बईसँग पनि जसप्रित बुमराह, लसिथ मलिंगा र क्रुणाल पन्ड्या जस्ता बलर रहेका छन् । ब्याट्सम्यानमा रोहित शर्मा, क्विटन डि कक र हार्दिक पाण्डेय रहेका छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।