file photo

वैशाख ४ – राजनीतिक र आर्थिक सङ्कट खेपिरहेको भेनेजुएलाको राजधानी कराकसमा अर्को सङ्कट देखा परेको छ ।
त्यहाँका चिहानमा लुटपाट हुने क्रम बढेको विविसीले जनाएको छ ।

लग सान्टेरिया नामक धार्मिक समूहको रीतिरिवाजमा मान्छेको हड्डी प्रयोग हुने भएकाले चिहानबाट मानव अस्थिपञ्जरको चोरी र बिक्री हुन्छ । आपराधिक समूहहरू चिहानमा सुनको दाँत र मूल्यवान् आभूषण पनि खोज्छन् ।

सन् २०१६ मा सरकारले चिहानको सुरक्षाका लागि प्रहरी गस्ती बढाइएको बताएको थियो।

-एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।