बैशाख ३– अमेरिकामा तीन नग्न महिलाले अनौठो हर्कत गरेर प्रहरीलाई असिनपसिन बनाएका छन् ।

फ्लोरिडामा प्रहरी अधिकारीहरूले तीन नग्न महिलालाई ३३ किलोमिटरसम्म पिछा गर्नुपरेको थियो । प्रहरीले उनीहरूको कारको टायर पंक्चर गरिदिएपछि उनीहरूलाई पक्राउ गर्न सकिएको थियो । महिलाले पक्राउ पर्दै गर्दा प्रहरीलाई धम्की समेत दिए ।

फ्लोरिडाको पास्कोमा राजमार्गमा गश्ती गरिरहेको प्रहरीले एक रेस्ट स्टपमा तीन नग्न महिला देखेको थियो । प्रहरीलाई देख्नेबित्तिकै उनीहरूले कपडा लगाउन थाले अनि कार चढेर भागे ।

यी महिलाहरू नग्नवादी समूहका सदस्य नभएको बताइएको छ । फ्लोरिडामा राजमार्गमा रहेका रेस्ट स्टपमा मानिसहरू सुस्ताउन त पाउँछन् र सुत्न भने पाउँदैनन् ।

कार चढेर भागेपछि महिलाहरूले ३३ किलोमिटरसम्म प्रहरीलाई दौडाए ।पक्राउपछि प्रहरीले महिलाहरूविरुद्ध अनेकौं धारा लगाएर मुद्दा दर्ता गरेको छ ।

महिलाहरूले कपाल सुकाएको र नातेदारकोमा विवाद भएपछि रेस्ट स्टप आएको बताए । कतै जाने ठाउँ नभएपछि त्यहाँ पुगेको उनीहरूको भनाइ छ ।

एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।