file photo

हेटौंडा ३ वैशाख, मकवानपुरको हेटौंडामा हावाहुरी सहित वर्षा भएको छ । आज साँझबाट भएको सामान्य वर्षा अहिले ठुलै झरीमा परिणत भएको छ ।

जल तथा मौसम विभागले आज,भोली र पर्सी तीन दिन देशैभर वर्षा हुने जानकारी गराएको थियो ।

वर्षाको कारण साँझ घर जाने यात्रुहरुलाई समस्या भएको छ । हुरी सहित आएको वर्षातको कारण उनीहरुलाई घर पुग्न समेत समस्या भएको हो ।