हेटौँडा,३ बैशाख ।
आजबाट हेटौँडामा सुरु भएको प्रदेश नंबर ३ को सुरक्षा बैठकमा प्रदेश तीनको गृह मन्त्रीको रुपमा रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेललाई निमन्त्रण समेत गरिएन ।

प्रदेश नंबर ३ को सुरक्षाको विषयमा आज हुने महत्वपूर्ण प्रस्तुतीहरुमा मन्त्री जमकट्टेललाई नबोलाईएपछि कर्यक्रमको मर्ममाथिन प्रश्न चिन्ह खडा भएको छ ।
नेपाल सरकारका सुरक्षा निकायका प्रमुखहरुले आज प्रदेश ३ स्तरकोे सुरक्षाका विषयमा प्रस्तुतीकरण गर्दा प्रदेशकै सुरक्षा हेर्ने मन्त्री सहभागि नहुनु दुर्भाग्यको विषय भएको र संघियतामाथिनै प्रहार भएको एकजना राजनीतिक विश्लेषक बताउछन् ।

कार्यक्रममा आफुलाई कुनै जानकारी नभएको तर भोली हुने उद्घाटन कार्यक्रममा भने खबर गरिएको मन्त्री जमकट्टेलले बताए । आफुहरुलाई भोली हुने औपचारीका कार्यक्रममा मात्र खबर गरिएको उनको भनाई छ । भोलीहुने कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा सहितले संवोधन गर्ने कार्यतालिका रहेको छ ।

आजको कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार प्राध्यापक डाक्टर इन्द्रजित राई, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खानाल, ससस्त्र प्रहरीका प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसंधानका निर्देशक गणेश अधिकारी, मध्यप्रृतना हेडक्वाटर हेटौंडाका पृतनापति उपरथी सुबर्णबहादुर शाह, गृहमन्त्रालयका सहसचिब एबम प्रबक्ता रामकृष्ण सुबेदी, राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागका सहसचिब इन्दु घिमीरे लगायतकाको सहभागिता रहेको छ ।